१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


आवाजयन्त्रको प्रत्यारोपण, पीडितलाई राहत (भिडियोसहित)


0
Shares

घाँटीको क्यान्सरका कारण आवाज गुमाएका थापा कमजोर आर्थिक अवस्थाका कारण उपचार पाउन सकेका थिएनन् ।

तर, अहिले नेपाल क्यान्सर अस्पतालले नेपालमा पहिलोपटक भित्र्याएको ‘ओम’ नामक कृत्रिम आवाजयन्त्र प्रत्यारोपण गरेपछि उनी अहिले पुनः आफ्नै आवाज सुन्नसक्ने अवस्थामा रहेका छन् ।

आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गरी १०० देखि २०० रुपैयाँसम्मको लागतमा यस्तो यन्त्र प्रत्यारोपण गर्ने जनाइएको छ । जसका कारण थापाजस्ता पीडितहरुले राहत महसुस गरेका छन् ।

भारतका टाउको तथा घाँटी क्यान्सर रोग विशेषज्ञ डा. विशाल रायले बनाएको आवाजयन्त्र पहिलोपटक नेपाल ल्याइएको हो । यो कृत्रिम आवाजयन्त्र एक वर्षपछि भने परिवर्तन गर्नुपर्ने हुन्छ ।

आवाजयन्त्रले स्वरनलीको काम गर्ने भएकाले यसले मानिसको स्वास्थ्यलाई कुनै असर नपर्ने चिकित्सकहरु बताउँछन् ।

नेपालमा नाक, कान, घाँटीमा हुने क्यान्सरका बिरामी कति छन् भन्ने एकीन तथ्यांक नभएपनि उपचारका लागि आउने ७ देखि १२ प्रतिशत व्यक्तिलाई नाक, कान घाँटीको क्यान्सर देखिन थालेको क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ बताउँछन् ।

सुर्तीजन्य पदार्थको प्रयोग गर्ने व्यक्तिलाई देखिने यस्तो क्यान्सर अन्तिम अवस्थामा थाहा पाउँदा बिरामीको आवाजसमेत जान्छ ।

हाल तराई भेगमा मुखको क्यान्सर सबैभन्दा बढी देखिएको चिकित्सकहरु बताउँछन् ।

७० देखि ८० प्रतिशत क्यान्सर रोग लाग्नुको कारण नै सुर्तीजन्य पदार्थ रहेको पनि विज्ञहरुले बताउने गरेका छन् ।

भिडियो हेर्नुहोस्