२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


हुकिङ गरेर विद्युत् चोरी गरेको आरोपमा १६ जना पक्राउ


0
Shares

नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले गरेको अनुगमनकाक्रममा उनीहरुलाई सप्तरीका विभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी, वीरपुर–४ का शमिम मिया, बच्चु अन्सारी, मोहमद नजबुल, नेवी मिया, पसेरा–३ का इन्द्रनारायण चौधरी, ७ का सकलदेव ठाकुर, विन्देश्वर मण्डल, कल्याणपुर–७ का मोहमद पखेज, कृष्ण मण्डल, श्यामकुमार राम, गोरदाहा–९ का चन्देश्वर राम, लालापट्टि–१ का रामकुमार राम, सन्तोष राम, वुधेश्वर राम, कडोरवना–४ का वरकैत मिया र प्रवाहा ४ का नारायण यादव रहेका छन् ।

उनीहरुलाई विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत् कारबाही हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस