२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


अमेरिकामा एक बन्दुकधारीद्वारा गोली प्रहार गरी पाँच जनाको हत्या


0
Shares

काठमाडौं । अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली प्रहार गरेर पाँच जनाको हत्या गरेका छन् ।

लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँच जनाको मृत्यु भएको हो ।

लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा २१ वर्षीय डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ ।

गोली प्रहारपछि थेरिओट भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

थेरिओटले आफ्ना आमाबुवा एलिजाबेथ र किथ थेरिओटमाथि पनि गोली प्रहार गरेका थिए ।

गोली लागेर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।(एजेन्सी)