Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


साग प्रतियोगितालाई मध्यनजर गर्दै बहुउद्देश्यीय कभर्ड हल निर्माण सुरु


0
Shares

युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल एवम् आदर्श युवा क्लबको संरक्षणमा करिव ५५ लाख रुपैयाँको लागतमा हल निर्माण हुन लागेको हो ।

अन्तर्राष्ट्रिय मापदण्डस्तरको प्रस्तावित कभर्ड हल निर्माण अगाडि बढेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । विकासका लागि पूर्वाधार खडा गर्दै खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन कभर्ड हल निर्माण गर्न लागिएको उनको भनाइ छ ।

सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद (साग)लाई मध्यनजर गर्दै निर्माण गर्न लागिएको ४५ मिटर लम्बाई र ३० मिटर चौडाईको बहुउद्देश्यीय कभर्ड हलभित्र विभिन्न खेल खेल्न सकिने छ ।