कञ्चनपुर । कञ्चनपुरमा चालू आर्थिक वर्षमा मानव बेचविखनविरुद्धका ४ वटा मुद्दा दायर भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा मानव बेचविखनविरुद्ध १७ वटा मुद्दा दर्ता भएका थिए ।
यस्तै आर्थिक वर्ष २०७३/७४ मा १२ वटा र २०७४/७५ मा १३ मुद्दा दर्ता भएका थिए भने चालू आर्थिक वर्षमा मानव बेचविखनविरुद्धका ४ वटा मुद्दा दर्ता भएका छन् ।
खुला सीमाना र सबै क्षेत्रमा प्रहरीको उपस्थिति नभएकाले तस्करले पश्चिमी नाकालाई ट्रान्जिट रुटका रुपमा लिने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए ।
उनले मानव वेचविखनका घटना कम गर्न सीमावर्ती क्षेत्रमा चेकजाँचलाई अझ कडा बनाउनुपर्ने बताए ।
यता माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले नाकामा रोकथामको संख्या बढे पनि मानव वेचविखनविरुद्धको मुद्दा भने घटेको बताइन् ।
मानव तस्करीमा स्थानीय व्यक्ति नै संलग्न रहने गरेको भन्दै उनले दर्ता भएका मुद्दामा पनि तस्कर पक्राउ नपर्ने समस्याका कारण घटनामा कमी नआएको जानकारी दिइन ।




प्रतिक्रिया दिनुहोस्