Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


‘अनलाइन टोकन प्रणालीले सेवाग्राहीलाई सहज’


0
Shares

काठमाडौं, माघ १२ । वैदेशिक रोजगार कार्यालयले सुरु गरेको अनलाइन टोकन प्रणालीले सेवाग्राहीलाई सहज बनाएको जनाइएको छ ।

श्रम स्वीकृतिका लागि लाइन बस्नुपर्ने अवस्थाको अन्त्यसँगै सेवाग्राहीलाई सहज भएको कार्यालयको भनाइ छ ।

कार्यालयले गत मंसिर १६ गतेबाट अनलाइन टोकन प्रणाली सुरु गरेको थियो ।

कार्यालयले प्रदेशस्तरबाट पनि श्रम स्वीकृतिको काम सुरु गरेपछि सेवाग्राहीलाई थप सुविधा भएको छ ।

अनलाइन टोकन प्रणालीपछि घन्टौं लाइनमा बस्तुपर्ने बाध्यता अन्त्य भएको वैदेशिक रोजगार कार्यालयका निर्देशक सुरेश जोशीले बताए ।

कार्यालयको सेवालाई थप सुधार गर्दै जाने पनि कार्यालयले जनाएको छ ।