Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


सिमेन्ट उद्योगका व्यवस्थापक दुगडको हत्या


0
Shares

झापा, माघ १२ । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनसा सिमेन्ट उद्योगका व्यवस्थापक कमलसिंह दुगडको हत्या भएको छ ।

उद्योगमा दुई वर्षदेखि कार्यरत् भारत, आन्ध्र प्रदेशस्थित विसाखापटनमका दुगडको शव सिमेन्ट उद्योगभित्रकै क्वार्टरमा हात–खुट्टा बाँधेर मुखमा सिरानी कोचेको अवस्थामा शनिबार फेलापरेको हो ।

बिहान उनलाई लिन गएको ट्याक्सीका चालकले सुतेकै स्थानमा दुगडको हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुगड घरमा बुवा बिरामी भएको खबरपछि नयाँदिल्ली जाने तयारीमा थिए ।

घटनाबारे तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।