
सामान्य रुघाखोकीबाट सुरु हुने भाईरसका कारण हालसम्म दुई जनाको मृत्युसमेत भइसकेको छ ।
टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, पातलो दिशा आउने, सास फेर्न समस्या हुने जस्ता लक्षण देखिन थालेको छ भने विचार पुर्याउनु पर्ने हुन्छ ।
सिजनल इन्फ्लुएन्जाको संक्रमण हुदा यस्तो भएको हुन सक्छ । हाल मौसम परिवर्तनसँगै एच १ एन १ पिडिएम ०९ भाइरसका कारण मौसमी इन्फ्लुएन्जा देखा पर्न थालेको छ ।
जसलाई चिकित्सकहरुले स्वाइन फ्लुको परिवर्तित समस्या पनि भन्ने गरेका छन् ।
स्याङ्जाको वालिङ्बाट देखिएको यो समस्यावाट हालसम्म दुई जनाको मृत्यु समेत भईसकेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
१० दिन भन्दा लामो ज्वरो आउने रुघाखोकी निको भएन निमोनिया भयो भने मौसमी इन्फ्लुएन्जाको खतरा भएकाले समयमा उपचार नपाउदा विरामीको मृत्यु समेत हुने सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले जानकारी दिए ।
मौसमी इन्फ्लुउन्जा देखा परेको स्याङ्जा र कास्किमा यो रोगको सङ्क्रमणबारे अनुगमन सुरु गरी सकेको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
अब १/२ दिनमा नै नतिजा आउछ भनि थप कार्यक्रम सुरु गर्ने महाशाखा प्रमुख डा.भीम आर्चायले बताए ।
मानिसवाट मानिसलाई सर्ने यस इन्फ्लुएन्जाका लक्षण लिएर शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण अस्पताल टेकुमा मात्र दैनिक २० जना भन्दा बढी विरामी आउने गरेको डा. शेरवहादुर पुनले जानकारी दिए ।
सिजलन इन्फ्लुएन्जाको एच १ एन १ भाईरसको जिनमा परिवर्तन आई कडा रुपमा देखिन थालेकाले औषधीले समेत काम नगर्ने अवस्था रहेकाले सचेत हुन पनि डा. भिम आर्चायले आग्रह गरे ।
वालवालिका , ६० बर्ष माथिका वृृद्ध ,वृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई भाइरसले छिटो सङ्क्रमण गर्ने डा. पुनले जानकारी दिए ।
यो मौसमी रुघाखोकी भएकाले समयमा नै उपचार गर्यो भने पुर्ण रुपमा निको हुने भएकाले अत्तालिनु नपर्ने पनि चिकित्सकहरु बताउँछन् ।
रुघा खोकी लागिहालेमा सकेसम्म घरमै आराम गर्नुपर्नेमा पनि चिकित्सकहरुले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्