
यही साउन १४ गते डोल्पाको ठूलीभेरी नगरपालिकाअन्तर्गत् सुलिर्गाडमा गिट्टी कुट्दै गर्दा दायाँ खुट्टामा ढुंगाले लागेर भाँच्चिएका कारण गम्भीर अवस्थामा पुगेकाले नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत पठाइएको हो ।
भाँचिएको ठाउँबाट रगत धेरै बगेपछि उनको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएकाले थप उपचारका लागि जिल्लाबाहिर लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले जानकारी दिए ।
गृह मन्त्रालयमा अनुरोधपछि सुर्खेतबाट हेलिकोप्टर आउन तयार भएपनि मौसममा सुधार नभएका कारण दुई दिनदेखि हेलिकोप्टर डोल्पा आउन सकेको थिएन । रासस
प्रतिक्रिया दिनुहोस्