Logo ११ आश्विन २०८२, शनिबार | Sun Sep 28 2025


भोलिबाट ‘सबै मिली स्तनपानलाई दिगो बनाऔं’ सप्ताह सुरु


0
Shares

 

स्वास्थ्य सेवा विभागले सोमबार (आज) पत्रकार सम्मेलन गरी साउन १७ (भोलि) देखि २३ गतेसम्म स्तनपान सप्ताह मनाइने जनाएको हो ।

सो अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले स्तनपानले अकालमा हुने बाल मृत्युदर घटाउने चेतना घर–घरमा पुर्‍याउनु पर्ने बताए ।

शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउँदा कुपोषणबाट जोगाउन मद्धत पुग्ने र बाल मृत्युदर नै घट्ने भन्दै उनले यस्तो सन्देशलाई घर–घरमा पु¥याउन स्तनपान सप्ताह फलदायी हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा पोषणविद् डा.मधु दिक्षित देवकोटाले स्तनबाट हुने फाइदाबारे आमाहरु नै अनभिज्ञ हुँदा समस्या बढेको बताए ।

बजारमा पाइने प्याकेटको दूधमा विश्वास गर्ने आमाहरुका लागि पनि स्तनपानको चेतना आवश्यक रहेको बताउँदै सुत्केरी अवस्थाका महिलालाई ६ महिनासम्म बिदा दिनुपर्ने प्रावधान ल्याउन पहल गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन् ।

सन् २०१६ मा गरिएको एक अध्ययनले ५५ प्रतिशत आमाहरुले मात्र शिशु जन्मेको १ घण्टाभित्र राम्ररी स्तनपान गराउने देखाएको छ । उक्त अध्ययनअनुसार विश्वमा आमाहरुले आफ्ना नवजात शिशुहरुलाई स्तनपान नगराउँदा करिव तीन खर्व रुपैयाँ बराबर रकम खर्च हुने गरेको छ ।

त्यस्तै, विश्वमा सन् २०१४ सम्ममा ४५ अर्व रुपैयाँ बराबरको आमाको दुध प्रतिस्थापना गर्ने सामाग्री विक्री भएकोले यो क्रमलाई नरोके सन् २०१९ सम्ममा ७२ अर्व रुपैयाँ पुग्ने अनुमान गरिएको छ । स्तनपानका कारण ८ लाख २० हजार नवजात शिशुलाई रोगवाट बचाउन सकिने उक्त अध्ययनले जनाएको छ ।