Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


जिसस अछाममा कांग्रेस–माओवादी गठबन्धन निर्विरोध


0
Shares

नेकपा एमालेलगायत अरु कुनै दलले जिससमा मनोनयन दर्ता नगरेपछि कांग्रेस–माओवादी गठबन्धनको ९ सदस्यीय समिति मंगलबार निर्विरोध चयन भएको हो ।

जिसस अछामको संयोजकमा नेपाली कांग्रेसका नरबहादुर कुँवर निर्विरोध चयन भएका छन् । कांग्रेसबाट वडासदस्य निर्वाचित टोपबहादुर रावल स्वतन्त्रबाट उपसंयोजकमा निर्विरोध चयन भएका छन् ।

सदस्यहरुमा कांग्रेसबाट लक्ष्मी शाह, तुलसी चलाउने, शिव तिरुवा, तुलाराम साँउद, सुरत बुडथापा रहेका छन् भने माओवादी केन्द्रबाट खगेन्द्र साउँद, लक्ष्मीकुमारी सुनार रहेका छन् ।

जिल्ला समन्वय समितिमा चयन भएका व्यक्तिको वडासदस्य पद रिक्त रहने भएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति सदस्य रहेका कुँवर साँफेबगर नगरपालिका–३ का वडासदस्यमा निर्वाचित भएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा दुबै क्षेत्र जितेको नेकपा एमालेले जिससमा उम्मेदवारी नै दिएन ।

कांग्रेसको स्पस्ट बहुमत र माओवादी केन्द्रको गठबन्धन भएपछि उसले उम्मेदवारी नै दर्ता नगरेको एमाले अछामले जानकारी दिएको छ ।