
नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनको आह्वानमा आवासीय चिकित्सकहरुले आज ओपिडी सेवा बहिस्कार गरेका हुन् ।
आवासीय चिकित्सकहरुले पठनपाठनका कुनै पनि शैक्षिक कार्यक्रममा समेत सरिक नहुने घोषणा गरेका छन् । एसोसिएसनले डा. केसीका माग तत्काल पूरा गर्न माग गरेको छ ।
शिक्षण अस्पतालमा हाल ३ सय ५० जना आवासीय चिकित्सक छन् । उनीहरुले काम ठप्प पारेपछि बिरामीको उपचारसमेत प्रभावित भएको छ ।
यसैबीच १० दिनदेखि आमरण अनसनमा बसेका डा.केसीको स्वास्थ्यअवस्थासमेत कमजोर बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्