१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


झापामा टिपरको ठक्करबाट दुईजनाको मुत्यु


0
Shares

रबिन भट्टराई (इमेज)

झापा, असार १८ । झापाको गौरादहमा टिपरको ठक्करबाट दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

सोमबार दिउँसो करिब साढे ३ बजे मे४प १४७४ नम्बरको मोटरसाइकललाई ना३ख ८४७४ नम्बरको टिपरले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।