Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


‘नासपाती’ आकारको ‘हिप’ तथा ‘जाँघ’हुने महिला बढी स्वस्थ हुने : अध्ययन


0
Shares

जर्मन चिकित्सकहरुले गरेको उक्त अध्ययनले सामान्य महिलाको तुलनामा ठूलो ‘हिप’ तथा ‘जाँघ’ हुने महिलाहरुमा हृदयघात, मस्तिष्कघात र मधुमेहलगायत मुटु तथा नशासम्बन्धि रोगहरुको जोखिम न्युन हुने उल्लेख गरेको छ ।

अध्ययनअनुसार अनुसार ‘हिप’ तथा ‘जाँघ’को तौल सामान्य भएका पाँच महिलामध्ये एकजनामा दीर्घकालिन स्वास्थ्य समस्याहरु हृदयघात, मस्तिष्कघात र मधुमेहलगायत मुटु तथा नशा सम्बन्धि प्राणघातक रोगहरु देखिने ‘डेलिमेल अनलाइन’ले उल्लेख गरेको छ ।

तर, अध्ययनले विशेषगरी ‘नासपाती’ आकारको ‘हिप’ तथा ‘जाँघ’हुने महिलाहरुमा प्रशस्तमात्रामा बोसोजन्य पदार्थ सन्चित गर्ने क्षमता हुने भएकोले प्राणघातक रोगहरुबाट जोगाई स्वस्थ राख्न मद्धत गर्ने उल्लेख गरेको छ ।

अध्ययनले भनेको छ, ‘ओठ एकक्षणका लागि, हिप जीवनभरका लागि’ भन्ने उखान एकमदै साँचो हो ।’

‘हिप’ तथा ‘जाँघ’मा सन्चित प्रोटिनलाई शरीरले जीवनभरसम्म ग्रहण गरेर पनि सक्दैन । तर, शरीरले महिनौँसम्म सन्चित गरेर राखेको उक्त प्रोटिन भोजन ग्रहण गरेको दुईघन्टापछि पेटसम्म फैलिने गर्दछ । यसको अर्थ उक्त बोसोजन्य प्रोटिन मुटु तथा कलेजोमा फैलन पाउँदैन । जसबाट हृदयघात, मस्तिष्कघात र मधुमेहलगायत मुटु तथा नशासम्बन्धि प्राणघातक रोगहरुको जोखिम न्युन हुने गर्दछ ।

‘किनभने शरीरले पचाउनुपर्ने बोसोजन्य चिल्लोपदार्थ हिपले नै सन्चित गरेर राख्दछ ।’- डा.नोरबेर्ट स्टीफ्यान, ट्युबिंगेन विश्वबिद्यालय

अध्ययनको मुख्य लेखक तथा ट्युबिंगेन विश्वबिद्यालयका डा.नोरबेर्ट स्टीफ्यानले महिलाको सामान्य ‘हिप’ तथा ‘जाँघ’ हुनुभन्दा ‘नासपाती’ आकारको ‘हिप’ तथा ‘जाँघ’ हुनु निकै स्वस्थकर भएको बताए । उनले भने, ‘किनभने शरीरले पचाउनुपर्ने बोसोजन्य चिल्लोपदार्थ हिपले नै सन्चित गरेर राख्दछ ।’

डा.स्टीफ्यानका अनुसार ‘हिप’ तथा ‘जाँघ’ले बोसोजन्य चिल्लोपदार्थ सन्चित गरेर रक्तसन्चार प्रणालीमार्फत शरिरको अन्य अंगहरुमा चिल्लोपदार्थ फैलनबाट रोक्दछ । ‘हिप’ तथा ‘जाँघ’मा भएको बोसोजन्य प्रोटिन ‘स्पन्ज’ जस्तै लचकदार कोषीकाको रुपमा शरीरमा सन्चित अन्य प्रोटिनभन्दा अलग्गै हुने र यसले शरिरलाई कुनै हानिसमेत गर्दैन् ।

मोटो ‘हिप’ तथा ‘जाँघ’ भएको महिलाभन्दा पातालो शरीर भएको महिलाहरुमा सामान्य शरीरको तापक्रम सूचांक (बिएमआई) नियन्त्रित हुने भन्ने कुरा भ्रमपूर्ण रहेकोसमेत अध्ययनले उल्लेख गरेको छ ।

अध्ययनको क्रममा पातालो ज्यान भएको महिलाहरु पाँचमध्ये एकजनामा प्राणघातक रोगहरु देखिएको र मृत्युसमेत भएको बताइएको छ ।

शरीरले ग्रहण गरेको चिल्लोपदार्थ सन्चित गर्न नसक्दा पातालो हिप भएका महिलाहरु ठूलो ‘हिप’ तथा ‘जाँघ’ भएको महिलाको तुलनामा तीन गुणा बढी प्राणघातक रोगहरुको जोखिम बढ्ने गर्दछ ।

टाइप–२ मधुमेह र मुटुरोगबाट ग्रसित ९८१ जना महिलाहरुको ‘एमआरआई स्क्यान’ तथा ‘फिटनेश’ परिक्षणमा आधारित यस अध्ययन ‘जर्नल अफ मेटाबोलिज्म’मा प्रकाशित गरिएको छ ।