Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


डा.केसीको मागबारे छलफल भैरहेकोले स्वास्थ्य सेवा सन्चालन गर : शिक्षा मन्त्रालय


0
Shares

फाइल फोटो

मन्त्रालयले बिहीबार (आज) विज्ञप्ति जारी गरी अनशनरत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा.केसीले राखेका विभिन्न मागबारे सम्बन्धित निकायसँग छलफल भइरहेको सन्दर्भमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राखी अस्पतालबाट प्रवाह गरिएका सेवा निर्वाधरूपमा सन्चालन गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीमा अपिल गरेको छ ।

प्रा.डा.केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डीन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै साउन ९ गतेदेखि ११औं पटक आमरण अनशन सुरु गरेका छन् ।

मन्त्रालयले डा.केसीलाई अनशन तोडी वार्तामा आउन पनि आग्रह गरेको छ । रासस