
चितवन, असार १८ । चितवनको नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत् चारकिलो भन्ने स्थानमा फेरि पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
सोमबार अपराह्न ५ः५० बजेतिर चारकिलोमा पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।
तोपेखोलाको पहिरो हटाएर एकतर्फी सवारी सन्चालनको तयारी भइरहँदा चारकिलोमा पहिरो खसेको हो ।
तोपेखोलाको पहिरो कारण फसेका केही सवारी–साधनलाई एकतर्फी बाटो खुलाइ पठाइएपनि फेरि अर्को पहिरो खसेकाले सोमबार सबै पहिरो पूर्णरुपमा हटाउन कठिन रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहानैदेखि सो सडकखन्डको विभिन्न स्थानमा पटक–पटक पहिरो खसेको थियो ।
बिहान केही स्थानमा खसेको स–सानो पहिरो हटाएर बाटो खुलाउने तयारी भइरहँदा तोपेखोलामा ठूलो पहिरो खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्