
काठमाडौं । खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा सुडानको राजधानी खार्तुममा अहिलेसम्मकै विशाल प्रदर्शन भएको छ ।
सुरुमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शनका उत्रिएकाहरुले अहिले भने राष्ट्रपतिकै राजीनामा माग गरेका छन् ।
चिकित्सक, शिक्षक र इन्जिनियररुको संगठन नै प्रदर्शनमा उत्रिएर यातायातनै ठप्प पारेपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।
प्रदर्शन नियन्त्रण गर्न प्रहरीले थुप्रै सेल अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा प्रहार गर्दा कयौं प्रदर्शनकारी घाईते भएका छन् ।
प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरले राजीनामा नदिएसम्म आन्दोलन अझ चर्काउने चेतावनी दिएका छन् । प्रदर्शनकारीहरुले सुडानका अरु शहरमा पनि दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
मानव अधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्