Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


‘स्तनपानबारे तल्लो तहसम्म चेतना अभिबृद्धि आवश्यक’


0
Shares

विश्व स्तनपान सप्ताहको अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा सांसदहरुले पछिल्लो समयमा दिगो रुपमा स्तनपान गराउने आमाको संख्यामा कमी आएको बताए । स्तनपान नियमित नहुँदा बच्चामा कुपोषण हुने गरेको भन्दै उनीहरुले नियमित स्तनपान गराउन जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिए ।

सांसद रञ्जु झाले मधेशमा कुपोषणको संख्या अत्यधिक भएकाले स्तनपान सप्ताहलाई मधेश केन्द्रीत बनाउन सुझाव दिइन् ।

कार्यक्रममा सहभागी अन्य सांसदहरुले भने प्रजनन् स्वास्थ्यसम्बन्धी विधेयकलाई परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

स्वास्थ्यकर्मीहरुले भने महिलाले आफ्नो सौन्दर्यमा ह्रास आउने भन्दै बच्चालाई नियमित स्तनपान नगराउँदा समस्या भएको बताए । उनीहरुले स्तनपान गराउदा सौन्दर्य निबिग्रने भएकाले नियमित स्तनपान गराउन आग्रह गरे ।

‘सबै मिली स्तनपानलाई दिगो बनाऔं’ भन्ने नाराका साथ नेपालमा पनि साताव्यापी कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।