२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


स्वाइन फ्लुका कारण हालसम्म ६ जनाको मृत्यु, लगत संकलन सुरु


0
Shares

यसका लागि महाशाखाले उपत्यकाका सबै सरकारी अस्पताल तथा केही निजी अस्पताललाई पत्राचार गर्दै दैनिक विवरण अनिवार्य महाशाखामा पठाउन निर्देशन दिइएको छ ।

देशका केही भागमा प्रकोपका रुपमा सो फ्लु देखा परेको हुँदा यसलाई समयमै नियन्त्रणमा लिन सहयोग पुर्‍याउन दैनिक बिरामीको संख्याको जानकारी लिन लागेका हौँ, महाशाखाका निर्देशक डा.भीम आचार्यले जानकारी दिए ।

हालसम्म एचवान, एनवान नामक सो फ्लुका कारण ६ जनाको मृत्यु भइसकेको छ । ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न अप्ठ्यारो हुने तथा बालबालिकालाई झाडा–बान्तासमेत हुने सो फ्लुका लक्षण हुन् ।

यसबाट जोगिन खोक्दा सफा कपडा वा रुमालले नाकमुख छोप्ने, साबुन पानीले हात धुने, पोषिलो तथा झोलपदार्थ पिउने, अनावश्यकरुपमा भीडभाड भएको स्थानमा नजान आग्रह गरिएको छ ।

निर्देशक आचार्यले मौसमी रुघाखोकीलाई नियन्त्रणमा लिन स्वास्थ्य संस्था सक्रिय रहेको पनि जानकारी दिए । रासस