२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पत्रकार जमाल खसोग्जीको हत्याको छानबिन संयुक्त राष्ट्र संघले गर्ने


0
Shares

काठमाडौं । टर्कीको इस्तानबुलस्थित साउदी दूतावासमा हत्या गरिएका साउदीका पत्रकार जमाल खसोग्जीको हत्याको छानबिन संयुक्त राष्ट्र संघले गर्ने भएको छ  ।

संयुक्त राष्ट्रसंघले गैरन्यायीक हत्यासम्बन्धी समितिले अर्को साता टर्की गएर घटनासम्बन्धी छानबिन गर्ने भएको छ ।

त्यसमा तीन जना अन्य विज्ञले पनि साथ दिने जनाइएको छ । वासिङ्टन पोष्टमा कार्यरत खसोग्जीको गत अक्टोबरमा हत्या भएको थियो ।

टर्कीका विदेशमन्त्री मेल्भुट काभुसोग्लुले यो विषयमा अन्तर्राष्ट्रिय छानबिन जरुरी रहेको बताए लगत्तै संयुक्त राष्ट्रसंघको टोलीले अनुसन्धान गर्न लागेको हो ।

जसमा फरेन्सिकसम्बन्धी विज्ञ पनि रहेका छन् । उनीहरुको नाम भने खोलिएको छैन ।

छानबिन टोली साउदी अरेबिया पनि जाने वा नजाने भन्ने बारेमा भने खुलाइएको छैन ।(एजेन्सी)