
बिरामी आफैँ स्वास्थ्य संस्थामा उपचार गर्न आएपछि औलोका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
उनीहरुको रगत परीक्षण गर्दा औलो रोग लागेको थाहा भएको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए ।
कोल्टी क्षेत्रमा अत्यधिक गर्मीका कारण लामखुट्टेको टोकाइबाट रोग फैलिएको हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डा.रुपचन्द्र विश्वकर्माले बताए । उनले घरआँगनमा पानीका खाडल र फोहर ठाउँमा बस्ने लामखुट्टेको टोकाइबाट रोग लाग्ने गरेको विश्वकर्माले बताए ।
लामखुट्टेबाट बच्नका लागि घर आँगन सफासुग्घर बनाउने र झुलको प्रयोग गर्ने र नियमित सरसफाई गर्न डा.विश्वकर्माले आग्रह गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्