Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


निर्मलाको बलात्कारपछि हत्या भएको ६ महिना पूरा, न अपराधी भेटिए, न न्याय मिल्यो


0
Shares

दुर्गा उपाध्याय/ईमेज

कञ्चनपुर । कञ्चनपुरकी ११ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुरा भएको छ ।

यतिका दिनसम्म अपराधिको पहिचान हुनु त कहाँ हो कहाँ अनुसन्धानबाट ठोस प्रगति पनि देखिएको छैन ।

प्रहरीले भने अनुसन्धानका विभिन्न पाटाका बारेमा अध्ययन भइरहेको जनाएको छ ।

गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ महिना पुरा भएको छ ।

उनकोे ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा शव फेला परेको थियो । तर अहिलेसम्म वास्तविक दोषीको पहिचान हुन सकेको छैन । 

यसबीचमा घटनाको अनुसन्धानका लागि सिआइबीका ३ र एसपि दुर्गा सिंह नेतृत्वको टोलीसहित आधा दर्जन टोलीले अनुसन्धान गरिसके तर ठोस उपलब्धि भने शून्यजस्तै छ ।

अनुसन्धानका लागि अन्य कुनै प्रमाण फेला पार्न नसकेको प्रहरीले पछिल्लो समय डीएनए परीक्षणलाई अनुसन्धानको सूत्र बनाएको छ ।

अनुसन्धानमा लापरबाही गरेको भन्दै निर्मलाकी आमा दुर्गादेवि पन्तले एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध उजुरी दिएको एक  पनि महिना बितिसकेको छ ।

उजुरी दिएका मध्ये २ जना यसअघि नै बर्खास्त भइसकेपनि अन्य प्रहरीलाई भने कुनै कारबाही भएको छैन ।

यता प्रहरीले भने नयाँ किसिमको मुद्दा भएकाले प्रक्रिया बुझेर अनुसन्धान बढाउन केही समय लागेको बताएको छ ।

तीन महिनाभित्र सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने भएकाले धेरै कामहरु भइसकेको कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश भएपछि पनि मुद्दा अगाडी बढ्ने नबढ्ने बारे बताउन नसकिने प्रहरीको भनाई छ ।

अर्कोतिर प्रहरीले निर्मलाको छिमेकीकै डिएनए परीक्षण गर्न थालेपछि पीडित पक्ष र छिमेकीको सम्बन्ध पनि चिसिएको छ ।

अपराधि छिमेकमै रहेको भन्दै प्रहरीले आफूमाथी शंका गरेको स्थानीयको आरोप छ ।

छिमेकीसँगको सम्बन्धमा मनमुटाव देखिएपछि पीडित परिवारको घाउमा झन् पीडा थपिएको छ ।

अनुसन्धानमा लापरबाही गर्नेहरुका विरुद्ध कडा कारबाही गरी अबको अनुसन्धान निष्पक्ष ढंगबाट गरे मात्र निर्मलाको परिवारलाई न्याय मिल्नेछ ।