२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


जिल्ला अस्पताल धनकुटाको आफ्नै फार्मेसी


0
Shares

अस्पताल सुदृढीकरण कार्यक्रमअन्तर्गत अस्पताल परिसरमै फार्मेसी सन्चालनमा ल्याइएको हो ।

फार्मेसीमा राखिएका हरेक औषधिमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । पाँचलाख रुपैयाँको लागतमा सन्चालनमा ल्याइएको फार्मेसीमा हाल जिल्ला अस्पतालबाट निःशुल्क वितरण गरिँदै आएका ७१ बाहेक ८३ प्रकारका औषधि उपलब्ध हुने जिल्ला अस्पताल धनकुटाका प्रमुख डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।

सरकारी अस्पतालमै सुलभ मूल्यको औषधि पसल सन्चालनमा ल्याइएपछि सहज भएको स्थानीयले बताएका छन् ।

गतआर्थिक वर्षबाट सरकारले अञ्चल, क्षेत्रीय तथा उपक्षेत्रीय अस्पतालमा आफ्नै फार्मेसी सन्चालनका लागि न्यूनतम पाँचलाख रुपैयाँ बीउ पूँजी उपलब्ध गराएको थियो । बीउ पूँजी नपाए पनि जिल्ला अस्पताल धनकुटाले भने अस्पताल सुदृढीकरण कार्यक्रमबाट रकम जुटाएर फार्मेसी सन्चालनमा ल्याएको हो ।