
फोर्ब्स म्यागजिनका अनुसार गत वर्ष उनले ७ मिलियन अमेरिकी डलर (करिव ७२ करोड रुपैयाँ)मा एकवर्षको लागि अनुवन्ध भएपछि अहिले लिउ संसारमै सबैभन्दा धेरै पारिश्रमिक लिने मोडेल बनेकी हुन् ।
सानै उमेरमा अग्लि कदकी भएकीले नै उनको परिवारले मोडलिङ गर्न प्रेरित गरेका थिए । लिउले पहिलोपटक मोडलिङ क्याम्पमै धेरै अग्लि भएकै कारण कन्टेस्ट जितेकी थिइन् ।
सन् १९८८ जनवरी २७ मा दक्षिण चीनको हुनान प्रान्तको पहाडी क्षेत्रमा जन्मिएकी लिउ ५ फिट १० इन्चकी छिन् ।
उनले बेइजिंग आएपछि मोडलिङ क्षेत्रमा केहि नबुझेकोले धेरै समस्याहरुसंग जुध्नुपरेको र आफु मानसिक समस्याको शिकार भएको बताइन् । उनले भनेकी छन्, ‘जब म फेशन शोको स्टेजमा पुग्थेँ, झिलिमिलि बत्तीका प्रकाशले तर्साउने र आत्मविश्वास गुम्ने समस्या आउँथ्यो ।’
हुनान प्रान्तका मानिसहरु बलिया र आत्मविश्वासी हुन्छन् भन्ने भनाइले नै आफुले कहिल्यै हार नमानेको बताउँछिन् लिउ । मानसिक तनावमा भएको दिनलाई सबैभन्दा खराब मान्ने उनी अझै एकमहिना बाँकी छ भनेर चित्त बुझाउने बानीले आफु सफल भएको ठान्छिन् ।
जसरी हरेक कलाकारले हलिउडमा जाने सपना देख्छ, त्यस्तै हरेक मोडेलको अन्तर्राष्ट्रिय फेशन सप्ताहमा भाग लिने सपना हुन्छ । तर, उनले सन् २०१० मै चर्चित फेशन सप्ताह ‘एस्टी लौडेर’को ‘स्पोक्समोडेल’ नै भइन् । ‘स्पोक्समोडेल’ हुने उनी पहिलो चिनियाँ मोडेल हुन् ।
त्यस्तै, ‘भिक्टोरिया सेक्रेट फेशन शो’मा मोडलिङ गर्नेसमेत उनी पहिलो चिनियाँ मोडेल हुन् ।
सुन्दर महिला हुन बाहिरी सुन्दरता नभई भित्रि सुन्दरता हुनुपर्ने बताउँछिन् लिउ ।
प्रतिक्रिया दिनुहोस्