२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


एक हजारको नक्कली नोटसहित पक्राउ परेका श्रेष्ठविरुद्ध मुद्दा दर्ता


0
Shares

गत शुक्रबार स्थानीयलाई दिएको हजारको नोट नक्कली भएको थाहा पाएपछि सोही दिन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक नविनकिशोर प्रधानले बताए ।

प्रनाउ प्रधानका अनुसार शुक्रबार घरैबाट पक्राउ परेका श्रेष्ठलाई अड्डासार गर्दै शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याएर आइतबार मुद्दा दर्ता गरिएको हो ।

श्रेष्ठको साथमा भएको हजारको पाँचवटा नक्कली नोट प्रहरीले सोही दिन बरामद गरिसकेको छ ।

नक्कली नोटको कारोबार गरेको आरोपमा मुद्दा परेका श्रेष्ठ नक्कली नोटको कारोबारमा संलग्न रहेको ठहरिएमा दश वर्षसम्म कैद सजाय हुने अदालतले जनाएको छ ।