
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भदौ १ भित्रै नयाँ निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्युतीय मतदान प्रणाली लागू गर्न पनि सुझाव दिएको भन्दै यादवले निर्वाचनसम्बन्धी कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिटो उपलब्ध गराउन पनि आग्रह गरेको जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री, मन्त्रीहरु र आयोगका आयुक्तहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्