३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


गीतमा समेटियो ट्राफिक समस्या, गीतमै देखाइयो सन्देश(हेर्नुहोस भिडियो)


0
Shares

राजधानीका सडकमा हिड्दा हिँड्दै हुने ट्राफिक जाम र धुलो र धुवाँले फोक्सोमा जाम भएर देखिने स्वास्थ्य समस्यालाई सरल ढंगले गीतमार्फत प्रस्तुत गरिएको छ ।

रविन महर्जनको शब्द तथा संगीत रहेको गीतलाई सोमबार यूट्युबमार्फत सार्बजनिक गरिएको छ ।

मोहन दुवालले कैद गरेको भिडियोमा ट्राफिकको समस्या देख्न पाईन्छ । रोही श्रेष्ठले निर्देशन गरेको भिडियोलाई माधव बेलवासेले सम्पादन गरेका छन् ।

१८ वर्षअघि नै लेखिएको यस गीतमार्फत आम मानिसहरुले भोगेको समस्यालाई उजागर गर्दै सन्देशमुलक र रमाइलो तरिकाले प्रस्तुत गरेको र्‍यापर सुरेश श्रेष्ठले बताए ।

‘१८ बर्ष पहिले भन्दा अहिलेको ट्राफिक व्यवस्थापनमा झन विकराल बन्दै गएकाले चेतना प्रदान गर्ने उदेश्यले गीत तयार पारेका हौं, उनले भने ।

गीतमार्फत सर्वसाधारणलाई ट्राफिक प्रहरीलाई सहयोग गर्न तथा धुलो र धुवाँका कारण हुने स्वास्थ्य समस्याबाट जोगिन सन्देश दिन खोजेको पनि उनले बताए ।