
क्वेस्ट फर्माले आठलाख रुपैयाँको लागतमा निर्माण गरेको विज्ञान प्रयोगशाला सिद्धार्थ माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
प्रायोगशालासँगै विभिन्न दाताको सहयोगमा उपलब्ध ३६ ओटा कम्प्युटर पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
विद्यालयमा विभिन्न दाताको सहयोगमा ३ करोडभन्दा बढीको लगानीमा दुईतले भवनसमेत निर्माण भइरहेको छ । भूकम्पपछि विद्यालय भवन जीर्ण हुँदा पछिल्लो समय पठन–पाठनमा समेत विद्यार्थीलाई कठिनाई हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्