
क्वेस्ट फर्माले आठ लाख रुपैयाँको लागतमा निर्माण गरेको विज्ञान प्रयोगशाला सिद्धार्थ माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो । प्रयोगशालासँगै विभिन्न दाताको सहयोगमा उपलब्ध ३६ वटा कम्प्युटर पनि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
विद्यालयमा विभिन्न दाताको सहयोगमा ३ करोडभन्दा बढीको लगानीमा २ तल्ले भवन समेत निर्माण भइरहेको छ । भूकम्पपछि विद्यालय भवन जीर्ण हुँदा पछिल्लो समय पठनपाठनमा समेत विद्यार्थीलाई कठीनाई हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्