
केसीको अनशन सुरु भएको आठौं दिनदेखि ओपीडी सेवामा सहभागी नभएका आवासीय चिकित्सकहरुले मंगलबारदेखि शल्यक्रियालगायतका काम पनि बहिस्कार गरेका हुन् ।
शिक्षण अस्पतालमा ३०० भन्दा बढी आवासीय चिकित्सक छन् । आवासीय चिकित्सक एसोसिएसनका अध्यक्ष डा. कश्यव श्रेष्ठले अनशनरत् डा. केसीका माग पूरा नभएसम्म कुनैपनि सेवामा सहभागी नहुने निर्णय भएको बताए ।
यसैबीच, नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पनि डा. केसीको मागमा ऐक्यबद्धता जनाएको छ ।
नेवि संघका महामन्त्री कुन्दन काफ्लेलगायत विद्यार्थी नेताले मंगलबार डा. केसीलाई भेटी उनका मागमा ऐक्यबद्धता जनाएका हुन् ।
विद्यार्थीहरुले डा. केसीका माग पूरा गर्न सरकारलाई दबाब दिँदै शिक्षण अस्पताल परिसरमै गाइजात्रा कार्यक्रमसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्