
काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोश्रो चरणको वार्ताका लागि पठाएको निम्तो स्वीकार गरेको बताएका छन् ।
उत्तर कोरियाका नेता उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी फेबु्रअरीमा दोश्रो चरणको भेटवार्ता हुँदैछ ।
पहिलो चरणको भेट सिंगापुरमा भएकोमा दोश्रो वार्ता भने भियतनाममा हुने बताइएको छ ।
पहिलो भेटवार्तापछि उत्तर कोरिया परमाणु निःशस्त्रीकरणमा केही लचिलो बनेको थियो ।
उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोच सकारात्मक रहेको र धैर्यताका साथै विश्वासको पात्र समेत रहेकोले दोश्रो चरणको वार्ता गर्न आफु इच्छुक रहेको बताए ।
यसअघि उत्तर कोरियाका नेता किम जोन उनले चीनका राष्ट्रका राष्ट्रपति सी जिन पिङसंग भेटवार्ता गरेका छन् ।
अमेरिकासंगको पहिलो वार्ताअघि पनि उहाँले चीनका राष्ट्रपति संग भेटवार्ता गरी सल्लाह गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्