बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, असार १८ । आइतबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण कपिलवस्तुको कृष्णानगर नगरपालिका र कपिलवस्तु नगरपालिकाका मुख्य बजारहरु डुबानमा परेका छन् ।
कृष्णनगर नगरपालिकामा ढल निकासको उचित व्यवस्थापन नभएका कारण वर्षाको पानी तथा नालीको फोहरपानी सडकमा ३ देखि ४ फिटसम्म जम्मा भइ मुख्य बजार काली मन्दिरचोक, बस स्टेन्ड, कृषि विकास बैंक, इलाका प्रहरी कार्यालयलगायतका विभिन्न स्थान डुबानमा परेका हुन् ।
कृष्णनगर नगरपालिका कार्यालय पनि डुबानमा परेको छ ।
ढल निकास अव्यवस्थित रहेकाले सडकको वरिपरि रहेका घर–पसलमा पानी पसेको छ ।
यस्तै, आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण कपिलवस्तु नगरपालिकाका केही स्थान डुबानमा परेको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर–१ स्थित गौढीचोक, आनन्दबाग र भवानी भिच्छुचोक डुबानमा परेको हो ।
प्रतिक्रिया दिनुहोस्