२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


डा.केसीको समर्थनमा आजदेखि देशभरका चिकित्सकहरु आन्दोलनमा


0
Shares

सरकारी उदासीनताको विरोधमा उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

सरकारी चिकित्सक संघ (गोडान)ले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

डा. केसी आमरण अनशनमा बसेको लामो समय भइसक्दासमेत माग पूरा गर्न सरकार संवेदनशील नभएको निष्कर्ष निकाल्दै गोडानले आन्दोलन घोषणा गरेको हो ।

मुलुकभर प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय तहका अस्पतालसम्म करिब १ हजार ६ सय सरकारी चिकित्सक रहेको बताइएको छ ।

यसैबीच, आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति झनै जटिल भएको छ ।

अनशन लम्बिँदै जाँदा स्वास्थ्यस्थितिमा जटिलता थपिँदै गएको उनको उपचारमा संलग्न चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले जानकारी दिइन् ।

डा. केसीको अहिले घाँटी दुख्ने समस्यासमेत देखिएको छ । बोल्दा धड्कन बढ्ने गरेको र हातसमेत सुन्निएको छ ।

डा. केसीमा टाउको र जीउ दुख्ने, मांसपेसी बटारिने समस्या यथावत् छ । शरीरमा चाहिने आवश्यक तत्वसमेत कम हुँदै गएको चिकित्सकहरुले बताएका छन्