Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


भन्सार सुधारको माग


0
Shares

काठमाडौं, माघ ९ । व्यवसायीहरुले भन्सारमा अझै धेरै सुधारको आवश्यक रहेको भन्दै सुधारका लागि माग गरेका छन् ।

६७औं भन्सार दिवसको सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले गरको यससम्बन्धी छलफल कार्यक्रममा सहभागी व्यवसायीहरुले उक्त माग गरेका हुन् ।

सन्दर्भ पुस्तिका लागू गर्दा व्यवसायीहरु मारमा पर्ने र एक्जिम कोड पनि व्यवस्थित नहुँदा समस्या हुने गरेको भन्दै उनीहरुले यसमा सुधारका लागि पनि अधिकारीहरुको ध्यानाकर्षण गराए ।

उनीहरुले सन्दर्भ पुस्तिका खारेज गर्नुपर्ने, लेजर प्रविधिको विकास गर्नुपर्ने, एचएस कोडलाई व्यवस्थित बनाइनुपर्नेलगायतका माग गरेका छन् ।

सहज व्यापारका लागि अझैपनि वातावरण नबनेको व्यवसायीहरुको गुनासो थियो ।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले भन्सारमा आसुकुडा लागू भएपनि यसको व्यवस्थित प्रयोग हुननसकेकोप्रति भन्सार विभागको ध्यानाकर्षण गराए ।

विभागका निर्देशक मुक्तिराम आचार्यले भन्सारमा नियमित सुधारको प्रयास भइरहेको र एक्जिम कोडलाई पनि व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरे ।