Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


पोखरामा नेपाल–भारत ऊर्जा बैठक सुरु


0
Shares

पोखरा, माघ ९ । नेपाल–भारत ऊर्जा बैठक बुधबारदेखि पोखरामा सुरु भएको छ ।

बैठकको पहिलो दिन सहसचिवस्तरीय छलफल भएको छ ।

बैठकले पारित गरेका विषयमाथि सचिवस्तरीय बैठकमा छलफल हुनेछ ।

नेपाल–भारत सीमापार विद्युत् प्रसारणलाइन निर्माण र इनर्जी बैंकिङलगायतका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले जानकारी दिए ।

ढल्केबर—मुजप्फपुर ४०० केभी प्रसारणलाइनलाई २२० केभी बनाउने र ४०० केभीमा सन्चालन गर्ने, कटैया–कुसाहा १३२ केभी प्रसारणलाइन र रक्सौल–परवानीपुर १३२ केभी प्रसारणलाइन निर्माण तथा न्यू बुटबल–गोरखपुर ४०० केभी प्रसारणलाइन निर्माणको मोडालिटीमा सहमति गर्ने कार्यक्रम रहेको छ ।

अघिल्लो महिना नयाँदिल्लीमा भएको बैठकमा दुई देशबीच इनर्जी बैंकिङ स्थापना गर्ने सहमति भएकोमा त्यसलाई पोखरा बैठकले अनुमोदन गर्नेछ ।