काठमाडौं, माघ ९ । बुधबार सेयरबजार सामान्य अंकले सुधारियो । कारोबार भने न्यून नै रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले सकारात्मक रहेर ११ सय ७२ कायम भएर थामियो ।
उत्पादनमूलक र जीवनबिमाबाहेक अरु समूह हरियो रहेसँगै नेप्से पनि सकारात्मक रहेको हो ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च ५८ अंकले उकालो लाग्यो । जलविद्युत् समूहमा ३१ अंकको सुधार आयो । लघुवित्त समूह पनि दोहोरो अंकले बढ्दा अरु भने सामान्य अंकले हरियो रहे । उत्पादनमूलक र जीवनबिमा समूह दोहोरो अंकले ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १० लाख कित्ता सेयर २४ करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्