काठमाडौं, माघ ९ । लगानी सुनिश्चित भएपछिमात्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वरपरको रूख कटान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाइएको छ ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बनाएको उपसमितिले यस्तो सुझाव दिएको हो ।
उपसमितिले बुधबार समितिलाई प्रतिवेदन बुझाउँदै लगानी सुनिश्चित नभइ रूख कटानको काम अघि नबढाउन सरकारलाई सुझाव दिएको हो ।
समिति सदस्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित उपसमितिले उक्त विमानस्थल निर्माणका लागि लाखौंको संख्यामा रूख कटान गर्ने योजना अघि सारेको भन्दै स्थानीयले विरोध गरिरहेको जनाइएको छ ।
उपसमितिले सरकारी–निजी क्षेत्रसँग सहकार्य गरी वैदेशिक लगानी भित्र्याउने गरी सो विमानस्थल निर्माणका लागि पहल गर्न पनि सुझाव दिएको छ ।
उपसमितिले विमानस्थलको धावनमार्ग निर्माणका लागि टांगिया बस्ती रहेको क्षेत्र नै उपयुक्त रहेको निष्कर्ष पनि निकालेको छ ।
उक्त क्षेत्रका हरेक घर–परिवारका एकजना सदस्यलाई सरकारी जागिरको व्यवस्था गर्नेगरी विस्थापितहरूलाई नजिकैको क्षेत्रमा बसोबासको व्यवस्था गर्न पनि सुझाएको छ ।
उपसमितिले सो विमानस्थलनजिकै ‘स्मार्ट सिटी’ बनाउने सरकारको अवधारणालाई भने अस्वीकार छ ।









प्रतिक्रिया दिनुहोस्