
केही दिनअघिसम्म सामान्यतः दिनहुँ ८० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्ला दिनमा बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।
ज्वरो, निमोनिया, दम, श्वासप्रश्वास र झाडापखालाका बिरामी बढेको अस्पतालले जनाएको हो । जिल्ला अस्पतालबाहेकका ग्रामिण स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जिल्लाभर दैनिक एक हजारको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मदनकुमार उपाध्यायले जानकारी दिए ।
मौसम परिवर्तन, दूषित पानी तथा खानाका कारण बिरामीको संख्या बढेको जनाइएको छ । सरसफाईमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्