
इङ्ल्यान्डको लण्डनमा गएराति भएको फाइनलमा दक्षिण अफ्रिकाका वायड भान नेईकर्कलाई हराउँदै गुलिएभले स्वर्ण पदक जितेका हुन् । निर्धारित दूरी २० दशमलब ०९ सेकेण्डमा पुरा गरेका गुलिएभ जारी प्रतियोगितामा टर्कीको लागि स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेका छन् ।
उनको यो जितले ४ सय मिटरतर्फ स्वर्ण जितेका दक्षिण अफ्रिकी धावक नेईकर्कको दोहोरो स्वर्ण जित्ने सपना अधुरै रह्यो । विश्व एथ्लेटिक्सबाट कीर्तिमानी धावक उसेन बोल्टले औपचारिक सन्यास लिएको यो प्रतियोगितामा सय मिटर, दुई सय मिटर र चार सय मिटरमा अलग अलग च्याम्पियन देखिएका छन् ।
प्रतियोगिताको सुरुमै बोल्टलाई हराउँदै अमेरिकी धावक जस्टिन ग्याट्लिनले सय मिटरतर्फ स्वर्ण पदक जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्