२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्राफिक कारवाहीबाट ३ करोड ८८ लाख ४४ हजार रूपैयाँ राजश्व


0
Shares

ट्राफिक नियम विपरित चलेका ६६ हजार २ सय ७४ सवारी साधनलाई कारबाही गर्दा सो राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी २१ हजार १ सय ३९ ट्रक कारबाहीमा परेका छन् । जसबाट १ करोड २१ लाख ८ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

त्यस्तै ५ हजार ८ सय १२ वटा बस कारबाहीमा पर्दा ३३ लाख ४० हजार पाँच सय रूपैयाँ, १० हजार ६ सय ३९ साना कार, जिप तथा भ्यानबाट ५९ लाख ३६ हजार, १० हजार ९ सय ६१ वटा मोटरसाइकल र स्कुटीबाट ९१ लाख ८९ हजार ५ सय, ट्याक्टरबाट ६८ लाख ५१ हजार तथा अन्य सवारीसाधन २ हजार २ सयबाट १४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।