
भारत, आसामको डाउनटाउन विश्वविद्यालयको संयोजनमा गरिएको मेलामा नेपालका १३ ओटा कम्पनी पनि सहभागी छन् ।
सुबिसु, सिप्रदी, डिसहोमलगायतका नेपाली कम्पनीहरु मेलामा सहभागी छन् । मेलामा नेपाली युवायुवतीहरुको आकर्षण देखिएको छ ।
पढाइ सकेर पनि रोजगारको अवसर पाउन नसकेका युवायुतीहरु मेला अवलोकनका लागि पुगेका छन् । यस प्रकारका मेलाले बेरोजगार युवालाई रोजगार दिलाउन सहयोग पुग्ने उनीहरुको भनाइ छ ।
रोजगारदाता र बेरोजगार शिक्षित जनशक्तिबीच सीधा सम्पर्क गराइ रोजगारीको अवसर दिलाउन मेलाको आयोजना गरिएको कार्यक्रमका संयोजक शंकर भट्टराईले बताए ।
नेपालमा यस प्रकारको मेला पहिलोपटक आयोजना गरेको दाबी आयोजकको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्