Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


मानवअधिकार आयोगद्वारा डा.केसीको जीवनरक्षाको माग


0
Shares

शुक्रबार (आज) आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा अनशनका कारण डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको पाएपछि सरकारसमक्ष जीवनरक्षाको माग गरेको आयोगका सदस्य मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनशनरत डा.केसीसँग विगतमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गरी समस्याको समाधान गर्नसमेत आयोगले विज्ञप्तिमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

उपचारका क्रममा आउने सर्वसाधारणको प्रभावकारी स्वास्थ्योपचारमा संवेदनशील र जिम्मेवार हुन आग्रह गर्दै पटक–पटकको आन्दोलनले समस्यालाई झन जटिलतातर्फ लैजाने कुरालाई मध्यनजर गर्दै वार्तालाई सार्थक बनाउनसमेत विज्ञप्तिमा भनिएको छ । रासस