Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


‘दुई तिहाइ पुर्‍याउने गृहकार्यमा सरकार लागिपर्छ’ (भिडियो)


0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाबिना संशोधन विधेयक पारित गर्न सत्तारुढ दलहरुलाई ‘फलामको च्यूरा चपाउनु’सरह हुने निश्चित छ ।

संविधान संशोधन विधेयक पारित हुने दाबी सत्तारुढ दलका नेताहरुले गरेका छन् ।

विधेयकलाई मतदान प्रक्रिया लैजान सरकार र राजपाका नेताहरुबीच सहमति बनेपछि सकेसम्म दुई तिहाइ बहुमतबाट पारित गर्ने गृहकार्यको पनि थालनी भएको बताइन्छ ।

प्रमुख प्रतिपक्ष दल एमालेकै विश्वासमा संशोधनको प्रक्रिया अघि बढाउने र एमालेले साथ नदिएपनि दुई तिहाइ पु¥याउने गृहकार्यमा सरकार लागिपर्ने वाणिज्यमन्त्री मीन विश्वकर्माले बताए ।

सत्तारुढ घटक माओवादी केन्द्रका नेता अजय शंकर नायकले प्रदेश नम्बर–२ को निर्वाचनलाई सफल बनाउन संविधान संशोधनको विकल्प नभएको भन्दै एमालेले पनि संशोधनको पक्षमा निर्णय गरेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् ।

भिडियो हेर्नुहोस्