Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


ईस्टर्न जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा


0
Shares

-राजन समीप/ईमेज

भोजपुर । पाँच मेघावाट क्षमताको ईस्टर्न जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

भोजपुरकै सबैभन्दा ठूलो यस आयोजनाको कामले राम्रो गति लिएपछि पि.पि.ए सम्झौता अगावै आयोजना सम्पन्न हुने अपेक्षा गरिएको छ ।

निर्माण कार्यले तीव्रता पाएसंगै जिल्लाको एकमात्र ठुलो ईस्टर्न जलविद्युत आयोजनाको काम अन्तिमतिर पुगिसकेको छ ।

करिब एक अर्ब १४ करोडको लगानीमा आगामी असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भएपनि कामको तीव्रताले आगामी फाल्गुनभित्रै काम सम्पन्न हुने देखिएको छ ।

आयोजनाको काममा पटकपटक बेइमानी भइरहेका कारण स्थानीयवासी पनि आहत भइसकेका थिए ।

विसं २०६२ र २०६७ सालमा दुइपटक सम्झौता भइसकेको थियो तर कामले गति पाएको थिएन ।

२०७२ सालको अन्त्यतिर पुन सम्झौता नवीकरण गरी काम सुचारु गरेपछि आयोजनाले तीव्रता पाएको काम सुचारु गरे संगै आयोजनाले तिव्रता पाएको हो ।

अहिले आयोजनाको सिभिलतर्फ ९५ प्रतिशत, मेकानिकलतर्फ ८० प्रतिशत, ईन्टेक (मुहान)को ९५ प्रतिशत, विद्युत्तगृह (पावरहाउस) को ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

यसबाहेक विद्युतगृहको विभिन्न समयमा प्राधिकरण र विभिन्न कन्सल्टेन्सीहरुको विज्ञ टोलीले पनि आयोजनाको काम गुणस्तरीय र प्रभावकारी रहेको बताएका छन् । 

आयोजनाको सम्पूर्ण कार्य सम्पन्नपछि प्राधिकरणलाई ३५ वर्षका लागि हस्तान्तरण गरिने सम्झौता अनुसार नै उत्पादित विद्युत राष्ट्रिय प्रशासरणको लाईनमा जोडिने भएको छ ।