
राष्ट्रिय युवा सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै उनले उद्योग र वाणिज्यको क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताए ।
सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्रको परिर्वतनका लागि युवाको भूमिका महत्वपूर्ण हुने भएकाले युवाहरु समयसापेक्षरुपमा अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद् नेपालका अध्यक्ष सरोज बानियाँलगायतले युवामैत्री कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका थिए ।
उनीहरुले कुल जनसंख्याको ४० प्रतिशत युवाहरु विचलन, नैराश्यता र विभिन्न समस्यामा जकडिएको भन्दै रोजगारमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्