७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


‘अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा ३० बालबालिकाको मृत्यु’


0
Shares

गोरखपुर जिल्ला मेजिस्ट्रेट राजीव रौतेलाले २४ घण्टामा मेडिकल कलेजभित्र कम्तिमा ३० बालबालिका मारिएको ‘बीबीसी‘लाई बताएका छन् ।

मृत्यु हुने बालबालिकामध्ये ‘एनएनयू वार्ड’मा १३ जना र ‘इन्सेफ्लाइटिस वार्ड’मा १७ जना रहेको बताइएको छ । साथै, इन्सेफ्लाइटिसका विरामी उपचार गर्नेे वार्डमा अन्य विरामीको समेत मृत्यु भएको उल्लेख छ ।

अस्पतालले अक्सिजन फर्मलाई करिव ६९ लाख भारु बक्र्यौता रकम तिर्न नसकेपछि शुक्रबार नै अक्सिजन आपुर्ति बन्द गरिदिएकोले यस्तो घटना घटेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तर, अस्पतालले भने अक्सिजनको कमीले बालबालिकाको मृत्यु भएको भन्ने समाचार भ्रामक भएको भन्दै बचाउ गरेको छ । उक्त घटनापश्चात स्वास्थ्यमन्त्री सिद्धार्थनाथ सिंह लगायत अन्य उच्च अधिकारी गोरखपुर पुगेका छन् ।

 

स्वास्थ्यमन्त्री सिंहले अस्पतालको बाल चिकित्सा विभागको रिर्पोटअनुसार गत अगस्त ७ देखि शनिबारसम्म ६० जना बालबालिकाको मृत्यु भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले यस घटनाको प्रत्यक्ष निगरानि गर्ने बताएका छन् ।

 

उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीटरमार्फत उक्त घटनाको अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन् । उनले भनेका छन्, ‘यस घटनाको छानविन गरेर दोषिलाई कारबाही गरिनेछ ।’

त्यस्तै, उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले दोषिलाई कठोर कारबाही गरिने बताएका छन् ।

भारतमा अहिले गोरखपुर घटनालाई लिएर विपक्षिहरुले उत्तर प्रदेश मुख्यमन्त्री आदित्यनाथको चरम लापरबाहीले दुखद घटना घटेको भन्दै उनको चर्को आलोचना गरिरहेका छन् ।