नेपाली टोलीले आज जापानको गाम्बा ओसाका फुटबल क्लवको २३ वर्ष मुनिको टोलीसँग खेल्न लागेको हो ।
ए.एफ.सी एसियन कप फुटबल छनोट प्रतियोगिताअन्तर्गत ताजकिस्तान विरुद्धको खेलको तयारीको लागि नेपाली टोली जापान भ्रमणमा पुगेको हो ।
जापानमा रहँदा नेपालले विभिन्न, क्लब, विश्वविद्यालय तथा उमेर समुहका टोलीसँग ५ वटा अभ्यास खेल खेल्नेछ ।
एसिया कप छनोटको तेस्रो खेलमा नेपालले आगामी भदौ २० गते काठमाडौंमा ताजकिस्तानको सामना गर्नेछ ।
समूहको पहिलो खेलमा फिलिपिन्ससँग उसैको मैदानमा हारेको नेपालले काठमाडौंमा भएको दोस्रो खेलमा यमनसँग बराबरी खेलेको थियो ।





प्रतिक्रिया दिनुहोस्