काठमाडौं, माघ ८ । नेपाल औषधि उत्पादक संघले मरणोपरान्त अंगदानको सामाजिक अभियानसहित फर्मा एन्ड हेल्थ एक्स्पो गर्ने जनाएको छ ।
फर्मा एन्ड हेल्थ एक्स्पो आगामी फागुन १७ देखि १९ गतेसम्म चितवनमा गर्न लागिएको संघले जनाएको छ ।
संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मेलामा नेपालमा औषधि उत्पादन क्षेत्रले अंगाल्दै आएका ज्ञान तथा प्रविधिबारे पनि जानकारी गराइने जनाएको छ ।
संघले औषधि र औषधि उत्पादनमा प्रयोग भइरहेका प्रविधिबारे जानकारी गराउन प्रत्येक दुई वर्षमा मेला आयोजना गर्दै आएको छ ।
मेलामा बहुराष्ट्रिय औषधि कम्पनीका स्वदेशी एवं विदेशीसहित २०० ओटा स्टल रहने जनाइएको छ ।
उपत्यकाबाहिर पहिलोपटक आयोजना हुन लागेको मेलाको करिब ५० हजारजनाले अवलोकनले गर्ने र एक हजारजनाले अंगदानको प्रतिबद्धता गर्ने विश्वास संघको छ ।
स्वदेशमा प्रत्येक वर्ष ३५ ओटा प्राविधिक कलेजबाट करिब एक हजार ५०० औषधि प्राविधिक र करिब ५०० को संख्यामा फर्मासिस्ट उत्पादन हुँदै आएको संघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्