
आइतबार (आज) मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले सम्पूर्ण चिकित्सकहरुलाई तालिम, विदा , गोष्ठिलगायतका कार्यक्रम स्थगित गरेर बाढी प्रभावित क्षेत्रका जनताको उपचारमा जुट्न आग्रह गरेका हुन् ।
स्वास्थ्यमन्त्री पोखरेलले आमरण अनसनरत् प्रा.डा.गोविन्द केसीलाई पनि अनशन तोडेर स्वास्थ्यकर्मीहरुलाई बाढी प्रभावित क्षेत्रमा जानका लागि उत्प्रेरित गरिदिन आग्रह गरे ।
उनले बाढीले रौतहट र बाँकेका जिल्लाका स्वास्थ्य चौकी र अस्पताल पनि डुवानमा परेको जानकारी दिए ।
यस्तै, स्वास्थ्य सेवा विभागका उपमहानिर्देशकको संयोजकत्वमा विराटनगर, जनकपुर, रौतहट र नेपालगन्जलाई आधार क्षेत्र बनाएर चिकित्सकहरुलाई खटाउने तयारी भईरहेको पनि मन्त्री पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्