आइतबार (आज) भएको खेलमा सशस्त्र प्रहरीको टिम दमकलाई २–१ गोल अन्तरले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो ।
यो जीतसँगै मोरङले ब्वाइज क्लब काठमाडौंसँग सोमबार (भोली) फाइनल खेल खेल्ने छ ।
खेलको पहिलो हाफमा सशस्त्रका नविन लामाले पेनाल्टि सुटमार्फत टिमलाई अग्रता दिलाएका थिए । दास्रो हाफमा सगरमाथाका भुवन वस्नेत र विनोद केसीले गोल गर्दै टिमलाई फाइनलमा प्रवेश गराएका हुन ।
खेलको ‘म्यान अफ दि म्याच’ मोरङका अशोक खवास भएका छन् । सोमबार (भोली) हुने फाइनलका विजेताले २ लाख ११ हजार १११ र उपविजेताले १ लाख ११ हजार १११ रुपैँया प्राप्त गर्नेछन् ।





प्रतिक्रिया दिनुहोस्